महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 02:26:45 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटल लि. बीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ। एन आई सी एशिया क्यापिटल लि. द्धारा सञ्चालित खुलामुखी योजना – एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको बैंकले जनाएको छ । बैंकका अनुसार देशभर रहेका लगानीकर्ताहरुको एन. आइ.सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने बैंकले जनाएको छ । 

 बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved