मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 12:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने  बालबालिकाहरुलाई चाहिने कृत्रिम हातहरु वितरण गरेको छ ।

 बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल सांस्थाका पदाधिकारीबाट कृत्रिम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र ईनेबल नेपाल सांस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हालमा बैंकले ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप  कृत्रिम हातहरु वितरण गर्ने बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले बताए । 

यस सहयोगहरुबाट आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved