प्रभु लाइफको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 11:18:56 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सले शेयरधनीलाई दिने लाभांश परिमार्जन गरेको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरनीहरुलाई चुक्ता पूँजीको ९.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने गरी लाभांश परिमार्जन गरेको हो ।

यसअघि वैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो । प्राधिकरणबाट वैशाख २९ गते उक्त वित्तीय विवरण परिमार्जन गरी लाभांश संशोधन भएको हो । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले १९ करोड ६० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशतका दरले हुन आउने एक करोड ३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved