‘कार्पेट डुबायौ, सिमेन्ट डुबायौ, शेयर बजार डुब्ने अवस्थामा पुर्यायौ, अब होटल डुबाउँदैछौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 08:48:13 AM मा प्रकाशित

उद्योगी एवम् व्यवसायी प्रबलजंग पाण्डेले बिना अध्ययन लगानी विस्तार गर्दा उद्योगहरु धमाधम डुब्ने गरेको तितो यथार्थ प्रस्तुत गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत सिटिजन्स बैंकका अध्यक्षसमेत रहेका उद्योगी पाण्डेले कसैले एउटा क्षेत्रबाट केही नाफा कमाउनासाथ अन्य लगानीकर्ताले पनि सम्भाव्यता अध्ययन नै नगरी सोही क्षेत्रमा लगानी गर्ने प्रवृत्तिले औद्योगिक क्षेत्र धराशायी बनिरहेको उल्लेख गरेका हुन् ।

‘हामी व्यवसायी कहिले सच्चिने ?’ भन्दै उनले सम्भाव्यता अध्ययन नै नगरी लगानी विस्तार गर्दा सबै एकै पटक धराशायी हुने जोखिम बढेको जनाएका हुन् । 

‘बिगत देखिको पाना पल्टाएर हेर्दा कसैले एउटा क्षेत्रबाट केही नाफा गर्ने वित्तिकै सबैको आखा त्यहाँ पुग्छ र त्यस क्षेत्रको सम्भाव्यता अध्ययन नै नगरी लगानी विस्तार गरिन्छ, सबै एकै पटक धरासायी हुन्छौ’ उनले लेखेका छन्, ‘पस्मिना डुबायौ, कार्पेट डुबायौ, पछिल्लो चरणमा सिमेन्ट उद्योग डुबायौ, डण्डि उद्योग डुबायौ, अरु निर्माण उद्योग डुबायौ, कति एयरलाईन्स डुबायौ, आधा आधी औषधि उद्योग डुबायौ, डेरी उद्योग डुबायौ, केही वित्तीय संस्था पनि डुबायौ, अब होटल डुबाउँदैछौँ, भर्खरै स्थापना भै रहेको टायल उद्योग डुबाउँदैछौँ, इन्स्योरेन्स कम्पनीहरु डुबाउँदैछौँ । शेयर बजार डुब्ने अवस्थामा पुर्यायौ ।’

उनले भारत र चीनतर्फ संकेत गर्दै दुइ विशाल अर्थतन्त्र भएका मुलुकसँग नेपालको तुलनामा त्यहाँका उत्पादनको प्रतिस्पर्धी क्षमता नेपालको भन्दा कयौँ गुणा बढी भएकाले नेपाली उत्पादन विदेश निर्यातको सम्भावना सधैँ न्यून हुने गरेको पनि उल्लेख गरेका छन् ।

पाण्डेले क्षेत्रगत रुपमा ‘ग्याप एनालाइसिस’ गरेर ‘इन्भेष्टमेन्ट रेष्ट्रिक्शन’को आवश्यकता पनि औल्याएका छन् ।

‘जबसम्म हामी ग्याप एनालाइसिस गरेर क्षेत्रगत रुपमा इन्भेष्टमेन्ट रेष्ट्रिक्शन गर्दैनौ, कुनै पनि व्यवसाय र उद्योग दिर्घकालिन रुपमा यहाँ सन्चालन हुनै सक्दैन’ उनले लेखेका छन्, ‘फलस्वरुप यहाँ दिर्घकालिन लगानी गर्नु मुर्खता मात्र हुने छ । के यी सबै घटनाक्रमबाट हामी नसच्चिने ?’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved