'नयाँ वर्षमा आर्थिक कहरलाई चिर्दै सेयर बजारमा कारोबार गरौं'

नीरव पुडासैनी

नीरव पुडासैनी

Apr 12, 2024 | 05:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक मन्दी र रुग्ण आर्थिक कारोबारको आशंकागत संशयको घना बादल हट्ने लक्षण संगको लुकामारी चलिरहेको देखिन्छ। २०८१ आर्थिक हिसावले संशय रहित होला भन्ने अपेक्षा हुनु स्वभाविक भएता पनि देश र विश्वको आर्थिक अवस्थाको मुल्याङ्कन गर्दा स्थिति सहज देखिदैन।

ठूला अर्थतन्त्र भएका देशहरूको घट्दो व्याजदर, कमजोर आर्थिक कारोबार, रोजगारी दर, खराब उपभोक्ता मूल्य सूचकांक, आदीको कारण सुनको मुल्यमा परेको प्रभाव, विश्व राजनीतिमा आउन सक्ने ध्रुविकरण , युद्धको अवस्था इत्यादी। अतः उक्त कुराहरूले निम्त्याएको आशंकागत संशयको कालो बादल झन् गाढा भएको छ। फलस्वरूप हाम्रो अर्थतन्त्रमा यि उल्लेखित वैश्विक असरको साथै हाम्रो आर्थिक जटिलताको प्रभावले आगामी दिनहरू कुन रूपले अगाडि जान्छ र यसको प्रभाव स्वरूप अर्थतन्त्रको ऐना “भनिने”सेयर बजारमा कस्तो प्रभाव पार्छ भनेर यकिन गर्न सकिन्न तथापी लक्षण सकारात्मक देखिन्न। यहाँ “भनिने” भन्ने शव्द्ध प्रयोग गर्नुको कारण सिद्धान्तमा ऐना भनिए पनि यसले ऐनाको व्यवहार देखाएको पाइन्न।

२०८१ सालको पूर्वसन्ध्यामा सबैमा नयाँ वषैको शुभकामना सहित यस वर्ष सेयर बजारमा अझ धेरै सुझबुझ, धैर्य र जोसकासाथ यहाँहरू सबैले कारोबार तथा लगानी गर्न सक्नुहोस् भन्ने शुभेच्छा सहित पुःन एक पटक नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।

बिरालोको घाँटीमा घण्टी बाँध्ने पहिलो व्यक्ति वा बाँदर किन्ने किसान हुन हतार नगरौं। आशा गर्छु बाँदर किन्ने कथा यहाँहरूलाई स्मरण नै होला। २०८१ सालमा पनि सदा झैँ सेयरबजारमा कारोबार गर्दा निम्न लिखित बुँदाहरूलाई आत्मसाथ गरौँ। 

१. कारोबार गर्दा लगानीकर्ताले कुनै पनि सेयरमा पुर्वाग्रह राख्नु हुँदैन । आमलगानीकर्ता घट्दो क्रमको सेयर वा आफुले केही समय पहिला ब्रिक्री गरेको सेयरलाई कमजोर प्रमाणित गर्न सँधै लागिपरेका हुन्छन् । बढ्दो मूल्यको सेयर भने किन्नलाई लालायित हुने आममनोविज्ञान हुन्छ । लगानीकर्ताले कुनै निश्चित सेयरसँग पुर्वाग्रह राख्न छाडे पुँजी बजारको भविस्य त उज्वल हुन्छ नै लगानीकर्ताले पनि निरास हुनु पर्ने दिन आउँदैन ।

 २. लगानीकर्ताले आफ्नो कारोवार सँधै योजनावद्ध रुपमा गर्ने बानी बसाल्नु पर्छ । आम कारोवारीहरु यति र उति फाइदा वा नोक्शान भयो भनेर हिसाव राख्छन् । लगानीकर्ताले पहिले नाफा र घाटाको हिसावभन्दा आफूले गरेको लगानी योजनाबद्ध छ छैन भनेर हिसाव राख्दा अझ बढी फलिफाप हुन्छ ।

 ३. आफ्नो जोखिम वहन क्षमता अनुरुपको कारोवार गर्नु उत्तम हुन्छ । बजार यति बढ्छ र उति बढ्छ भन्ने कुरा गौण हुन् । आफू बजारबाट हुनसक्ने नोक्शान कतिसम्म वहन गर्न सक्छु वा कतिसम्म नाफा खाने भनेर क्षमता अनुसार कारोबार गर्ने बानी बसल्दा निरास हुनु पर्ने दिन आउँदैन ।

 ४. सेयर खरिद गर्नुभन्दा पहिले जोखिम तथा फाइदाको प्रतिशत हेरेर मात्र लगानी गर्ने बानी बसाल्नु पर्छ । किन्नुभन्दा पहिले कम्पनीका बारेमा अधिकतम विश्लेषण गर्नु पर्छ । आमलगानीकर्ताहरु सेयर किनेपछि त्यसको नालिबेली केलाउन थाल्छन्, जुन अत्यन्त गलत हो ।

 ५. समय गयो किन्न पाइन भनेर नपछुताउनुहोस् । सेयर किन्ने बेला फेरि पनि आउँछ जसरी बेच्ने बेला आउँछ ।

 ६. सेयर बजारमा चक्र अनि बजार प्रवृतिको धेरै ठूलो हात हुन्छ । बजारको प्रवृति अनुरुप खरिद ब्रिकि गर्नु पर्छ । बजारको प्रवृतिलाई नै चुनौती  दिन्छु भन्ने मनसायले गरिने कारोवार धेरै हानिकारक हुन्छ ।

 ७. ब्यक्तिगत अनुमतिको सेयर बजारमा कुनै अर्थ रहन्न । आज फलानो सेयर बढ्छ भन्ने लागिरहेको छ, त्यसकारण किन्ने जस्ता कूराहरुको अर्थ हुँदैन । यस्त प्रवृतिबाट होसियार रहनु पर्छ ।

 ८. पुँजी बजारको कारोवारमा धैर्यताको ठूलो भूमिका हुन्छ । त्यसकारण आफ्नो योजनाअनुरुप बजार आएन भन्दैमा चाँडै धैर्य गुमाएर कारोवार गर्न छाड्न हुन्न । बजारलाई उसको चक्रमा छाडिदिनु पर्छ । यदि तपाईलाई आफ्नो विश्लेषण ठिक छजस्तो लाग्छ र त्यही अनुसार सेयर कारोवार गर्नु भएको छ भने धैर्यता कायम राख्नु उत्तम हुन्छ । कहिलेकाहि विभिन्न चलखेलको कारण पनि बजारले आफ्नो गति परिवर्तन गर्छ, तर त्यो स्थाइ हुँदैन बजार पुनः पुरानै लयमा फर्किन्छ ।

९. सेयर बजारमा ज्योतिसशास्त्र चल्दैन र बजार कता जान्छ भनेर पत्ता लगाउने कुनै सफ्टवेयर पनि छैन । त्यसकारण अरुले भनेको आधारमा कारोवार नगरौं । आफ्नो विवेकको प्रयोग गर्दा नोक्शानीबाट जोगिन सकिन्छ ।

 १०. सेयर मूल्यको आधारमा कारोवार गर्ने बानि गलत हो । आमलगानीकर्ताहरु सेयर मूल्यको आधारमा लगानी गर्छन् । सेयर मूल्य कुनै आधार नै होइन सामान्य अंक गणितको सिद्घान्तमा कहिल्यै सेयर नकिनौं ।

 यि बुँदाहरूलाई अझ सरल गरी निम्न बुँदाहरूको माध्यमबाट बुँझौं।

११.सेयर कारोबार स्थिति आफ्नो लगानी र क्षमता अनुरूप छ, छैन भन्ने कुराको हिसाब राख्ने बानी बसालौँ । नाफा वा घाटाको हिसाब राख्न नहतारिऔँ ।

१२.कुन कंम्पनीको सेयर किन्ने, उक्त कम्पनीको हालको अवस्था त्यसको वासलात, सरकारी निर्णयले त्यसलाई पार्न सक्ने असर आदिको अध्ययन गरौँ ।

१३. कति कित्ता सेयर कुन कंम्पनीको किन्ने, यस यक्ष प्रश्नको उत्तर आफ्नो जोखिम बहन क्षमताको आँकलन गरेर मात्र सेयर किन्ने बानी बसालौँ ।

१४.यदि सेयर ऋणमा वा मार्जिन सुविधा प्रयोग गरेर किन्ने हो भने उक्त सेयर कति समय सम्म आफ्नो स्वामित्वमा राख्ने (होल्ड गर्ने) त्यसको पूर्वानुमान गरेर मात्र किन्नु उपयुक्त्त हुन्छ ।

१५.सेयर मूल्यको उत्तार चढाव एउटा नियमित प्रकृया हो, त्यसकारण आफुले किनेको सेयरको मूल्य घटेको छ भने थप जोखिम न्यूनीकरण गर्न आवश्यक परेको अवस्थामा थप रकमको व्यवस्था गर्न सक्नु पर्छ । यस्तो परिस्थितिमा सधैँ तयार रहौँ ।

१६.सेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूले सेयर बजार सम्बन्धी आधारभूत विश्लेषणहरू तथा केही प्राविधिक पक्षहरूको अध्ययन गर्नु पर्छ । आफ्नो लगानीको सुरक्षा अरूले गरिदिदैन, स्वयम् आफैले गर्नु पर्छ ।

१७. बजारमा अरूको कुरा सुन्नु पर्छ तर सेयर बेच्ने वा किन्ने निर्णय आफै गर्नु पर्छ ।

१८.बेचिसकेको सेयरमा सधैँ पूर्वाग्रही हुने बानी आम लगानीकर्ताहरूको हुन्छ, त्यो अत्यन्त प्रतिउत्पादक बानी हो । यस्तो बानीको त्याग गरौँ । साथै आफूले किनेको सेयरप्रति आवश्यकता भन्दा धेरै आश्वस्त हुन पनि छोड्नु पर्छ ।

१९.लगानीकर्ताको रूपमा सेयर बजारमा प्रवेश गर्ने हो वा कारोबारीको रूपमा त्यसको निर्णय सुरूमा नै गरौँ ।

२०. बजारको दिशा कता उन्मुख छ , वा कति अङ्कको वृद्धि हुन्छ भन्ने कुरा गौण हो । आफूले बजारबाट कतिसम्म नोक्सान वहन गर्न तयार रहेको वा कतिसम्म नाफा पर्खने भन्ने कुरा मनन गर्दै आ–आफ्नो क्षमता अनुसार करोबार गर्ने बानी बसालौँ ।

२१.सेयर किने पछि आफूले किनेको सेयरको अध्ययन र विश्लेषण गर्ने बानी छोडौँ, त्यस्तो काम किन्नु भन्दा पहिले नै गर्ने गरौँ ।

२२.सेयरको मूल्य माथि जाँदा सेयर बजारमा आम धारणा अब समय गयो ढिला भयो भनेर किन्न वा बेच्न हतारो गर्ने बानी छ । तर यस्तो मनस्थितिको विकास नगरौँ । सेयर किन्ने बेला धेरै पटक आउँछ जसरी बेच्ने बेला आउँछ ।

२३.धेरै लगानीकर्ताहरू सेयर बजारको चक्रलाई नै चुनौति दिने हिसाबले कारोबार गर्ने कोशिस गर्छन् । सेयर बजार चक्र एउटा महत्त्वपूर्ण पेशा भएको कारण लगानी गर्दा यसको ख्याल राख्नु अत्यन्त आवश्यक छ । तसर्थ ठूला कारोबारीहरूको पछि लागेर सेयर बजार चक्रलाई परिवर्तन गर्न लाग्नु लाभदायक हुँदैन ।

२४.सेयर बजारको कारोबारमा विश्लेषणको आधारमा विवेकको प्रयोग गर्नु पर्छ । बजार ज्योतिषशास्त्रको  आधारमा चल्दैन तसर्थ त्यस तर्फ उन्मुख हुनु आवश्यक हुदैन ।

२५.व्यक्तिगत अनुभूति वा आधारहीन अनुमानको सेयर बजारमा कुनै अर्थ हुँदैन् । तसर्थ कसैलाई लागेको आधारमा सेयर कारोबार गर्नु मुर्खता हो । छैठौँ इन्द्रियको आधारमा करोबार नगरौँ ।

२६.सेयर बजारमा लगानीगर्दा आवेगलाई ठाउँ दिनु हुँदैन । तसर्थ सेयर किन्ने मूल्यसंगै राफसाफ कतिमा गर्ने भन्ने पनि निश्चय भएर लगानी गर्नु उत्तम हुन्छ ।

 संक्षिप्तमा यि बुँदाहरू मनन् गरौं। 

क) हल्लाको आधारमा निर्णय नगरौँ ।

ख) आफ्नो जानकारी र क्षमताको आधारमा कारोबार गरौँ ।

ग) परिगणित जोखिम मात्र लियौँ ।

घ) अनावश्यक र बढी लोभ नगरौँ ।

ङ) धेरै भावनात्मक नहौँ ।

च) विश्लेषण र अध्ययन सधैँ गरौँ ।

छ) घाटा रोक्ने प्रयास गरौँ, राफसाफ मूल्य पहिलौँ तोकौँ ।

ज) आकस्मिक आर्थिक तथा राजनैतिक घटनाको कारण बजार धेरै प्रभावित हुने हुँदा यसबाट जोगीन सधैँ तयार रहौँ ।

झ) सेयर कारोबार सम्बन्धी आफ्नो गुनासो सधैँ सम्वोधन गर्ने बानी गरौँ ।

ञ) धितोपत्र दलालको चयन गर्दा सधैँ आफ्नो अनुकूलताको  आधारमा चयन गरौँ ।

अन्त्यमा नियामक निकायलाई! 

सेयर बजार अर्थतन्त्रको ऐना हो । तर नेपालमा त्यो ऐनाले काम गरेको छ छैन भन्न अत्यन्त कठिन छ । सेयर कारोवारीहरुलाई चाहिने अर्थतन्त्रको आधारभूत जानकारीहरु सिपिआई, रोजगारी दर, नगद प्रभावको स्थिति, बिलासी बस्तुहरुको बिक्रीका बारेमा नियमित जानकारी नियमनकारी निकायहरुले पनि दिनु पर्छ ।

धितोपत्र वोर्डको प्रमुखको नियुक्ति विसुद्ध राजनैतिक परिपाटीबाट मात्र हुने संस्कारको अन्त्य गर्न सकियोस्। पुन एक पटक संम्वत २०८१ को धेरै धेरै शुभकामना ।

लेखक अर्थतन्त्रका जानकार हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved