टिकटक बन्दले ब्याण्डविथको बचत होला तर नेपाललाई करोडौं घाटा हुन्छ : पराजुली, आइस्पान अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2023 | 05:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

टिकटक बन्द हुँदा ब्याण्डविथबाट हुने बचत भन्दा नेपालीले प्राप्त गर्ने आम्दानी हिस्सा धेरै भएको पाइएको छ। टिकटक बन्द हुँदा इन्टरनेटको डाटा (ब्याण्डविथ) बाट हुने बचत भन्दा पनि टिकटकबाट नेपालीले गरेको आम्दानी कयौं गुणा धेरै भएको पाइएको छ। 

पछिल्लो समय टिकटकको लागि स्थानीय सर्भर नै प्रयोग हुने भएकाले टिकटकको लागि ब्याण्डविथ नगन्यमात्रामा मात्र प्रयोग गरेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुली ले बताए। 

उनकाअनुसार नेपालमा टिकटक चल्दा बर्षमा करिब करिब १५ करोड बराबरको मात्रै ब्याण्डविथ प्रयोग भएको छ। ब्याण्डविथको प्रयोग अत्यन्त नगन्य भएकाले टिकटक बन्द हुँदा ब्याण्डविथबाट नेपाललाई बर्षेनी ३ अर्ब बचत हुने दाबि सहि होइन। 

उनले भने, "टिकटक बन्द हुँदा ब्याण्डविथ बचत हुने र त्यसले नेपाललाई बर्षेनी ३ अर्ब बचत हुने भनेको सुनेको छु, तर त्यस्तो होइन। अहिले स्थानीय सर्भर नै बढी प्रयोग प्रयोग भएकाले ब्याण्डविथमा बर्षमा त्यस्तै १२-१५ करोड खर्च भएको छ।"

टिकटक बन्द हुँदा केहि करोडको ब्याण्डविथ बचत भएपनि अरबौंको कारोबार रोकिने उनले बताए। लाइभ बसेर एकै व्यक्तिले दिनकै ५-७ सय डलर आम्दानी गरिरहेको र स्वरोजगगार तथा साना मझौला लगानीमा खोलिएका व्यवसाय पनि टिकटककै कारण फस्टाएकाले टिकटक बन्द हुँदा अरबौंको नोक्सानी भएको उनले बताए।  

केहि व्यक्तिले दुरुपयोग गरेकै कारण हजारौं नेपालीको करौडौंको आयको स्रोत बनेको टिकटक बन्द गर्न नहुने उनको धारणा रहेको छ। यसको बन्द भन्दा उचित नियमन आवश्यक रहेको उनको भनाई छ। 

नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय लिएपछि टिकटकका कारण प्रयोग भएको इन्टरनेट (ब्याण्डविथ) कम हुने र त्यसले नेपाललाई ठुलो आर्थिक लाभ हुने धारणा बाहिर आएका थिए। तर इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुका अध्यक्ष समेत रहेका पराजुलीको भनाईले उक्त धारणालाई स्पष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved