रुस-युक्रेन युद्ध अन्त्य गर्न बुद्धको सन्देश पठाएको छु - अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 12:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले रुस-युक्रेन युद्ध समाधान गरेर शान्ति स्थापना गर्न आफूले बुद्धको सन्देश पठाएको बताएका छन् ।

सोमवार होटेल याक एण्ड यतीमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले युद्धका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको भन्दै शान्ति स्थापनाका लागि बुद्धको सन्देश पठाइएको बताए ।

'हामीले त के गर्न सक्छौं र, बुद्धको सन्देश पठाइदिने हो, शान्ति स्थापना गर भन्ने हो,' शर्माले भने, 'अस्ति केही साथीहरूलाई मैले भनेको थिएँ, बुद्धको सन्देश त्यहाँ पठाइदिनुस । यहाँ अर्थतन्त्रमा गाह्रो पर्यो । उनीहरूले तत्काल युद्ध अन्त्य गर्नुपर्यो ।'

अर्थमन्त्री जनार्दन शर्माले निजि क्षेत्रलाई कानुनी, नीतिगत वा प्रशासनिक जटिलता भए त्यसको जानकारी दिन आग्रह पनि गरे । उनले  कानुनी, नीतिगत वा प्रशासनिक जटिलताको समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताएका छन्

उनले निजी क्षेत्रले अर्थतन्त्रको ७० प्रतिशत ओगटेकोले ७० प्रतिशत अर्थमन्त्रालय निजि क्षेत्र कै रहेको बताए । उनले कानूनी र नीतिगत काम केके गर्नुपर्छ त्यसको जानकरी पनि दिन आग्रह गरे  

उनले लगानी ल्याउन आग्रह गर्दै सरकारले ५० वर्षको लागि जग्गा उपलब्ध गराउने बताए । उनले अहिलेको फोकस भनेको उत्पादनमुखी अर्थतन्त्र रहेको र त्यसको शुरुवात कृषिको रुपान्तरण तथा आधुनिकीकरण गर्ने,  उद्योगसँग जोड्ने कुराबाट शुरू गर्नु पर्ने बताए

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved