नेपालको आयात र निर्यात दुवै घट्यो, ७ महिनाको ब्यापार घाटा सवा ८ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 12:42:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को ७  महिनाको अवधिमा  नेपालले ९ खर्ब १९ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १९.९० प्रतिशतले कम हो। अधिल्लो आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले ११ खर्ब ४७ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ९३ अर्ब ४३ करोड बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात २९.०३ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले १ खर्ब ३१ अर्ब  बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ७  महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब २५ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा १८.७१ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको ब्यापार घाटा १०  खर्ब १५ अर्ब थियो। 

७ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ८४ अर्ब ६१ करोड बराबरको आयात गरेको छ ।  त्यस्तै ३८ अर्ब ७३ करोडको पेट्रोल, ३३ अर्ब ३४ करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । 

यस अवधिमा नेपालले  ८ अर्ब २७  करोडको सोयाबिन तेल निर्यात गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved