विभागले नक्कली भ्याट बिलको छानबिन थाल्यो, डिजी भन्छन्, 'निर्ममतापूर्वक कारबाही हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 09:33:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार नक्कली भ्याट बिल प्रयोग गर्नेहरुप्रति निर्ममतापूर्वक कारबाहीमा उत्रिएको छ । आर्थिक कारोबारमा नक्कली भ्याट बिल प्रयोग गरेर राजश्व छल्ने गतिविधि बढेको सूचना प्राप्त भएपछि आन्तरिक राजश्व विभाग त्यसविरुद्ध निर्मम रुपमा प्रस्तुत भएको हो । यसरी राजस्व छल्ने विरुद्धको कारवाहीमा कुनै कसर बाँकी नराख्ने विभागले जनाएको छ । 

विभागका महानिर्देशक दीर्घराज मैनालीले नक्कली भ्याट बिलको सन्दर्भमा छानबिन तथा अनुसन्धान सुरु गरिसकेको बिजपाटीसँगको अन्तर्वार्ताको क्रममा बताएका हुन्। बजार मूल्यभन्दा अत्यन्त कमको बिल काट्ने र बाँकी पैसा नगदमा लेनदेन गर्ने क्रम बढ्दा त्यसको असर राजश्वमा मात्र नभई सुशासन, सदाचार, आचरणमा पनि परेको भन्दै आफू नक्कली भ्याट बिल प्रयोग गर्नेप्रति निर्ममतापूर्वक कारबाहीमा उत्रिएको बताए । उनले केही काम शुरु भइसकेको पनि बताए । 'रिजल्ट केही समयमा देखिने छ', उनले भने । मातहत रहेका देशभरका कार्यालयहरुलाई सोही अनुसारको निर्देशन समेत दिइसकेको उनले जानकारी दिए । 

१०० रुपैयाँको कारोबार गर्दा ४० रुपैयाँको बिल बनाउने प्रवृत्तिमाथि कडा अनुसन्धान तथा अनुगमन गरेर यस्तो कार्यको नियन्त्रणका लागि कुनै काम बाँकी नराखिने विभागका डिजी मैनालीले प्रतिबद्धता जनाए। अधिकांश सार्वजनिक क्षेत्रमा नक्कली भ्याट बिलको प्रयोग अत्यधिक भएको पाइएको पनि उनले खुलाए ।

'राजश्व छल्ने नियतले एक सय रुपैयाँको सामान चालिस रुपैयाँमा कारोबार गर्दा नक्कली भ्याट बिल मात्र जारी भएको छैन, यहाँ आर्थिक कारोबारमा आचरण पनि बिग्रिँदै गएको छ, यसको समाधानका लागि पनि निर्मम हुनुको विकल्प रहेन', महानिर्देशक मैनालीले भने ।

वस्तु तथा सेवाको मूल्य बराबरको बिल बिना नै गरिएका कारोबार बैंकिङ प्रणालीमा नआउँदा यसको 'चेन इफेक्ट' सबै तिर पर्न जाने भएकाले आन्तरिक राजश्व विभाग नक्कली भ्याट बिल प्रयोग गर्नेप्रति कडा भएको मैनालीको भनाइ छ। 

वास्तविक बिलमा कारोबार नहुँदा बैंकिङ प्रणालीबाट गएको पैसा पनि प्रणालीमा फर्कन नसकेकाले यसको निवारणको विकल्प नभएको मैनालीको भनाइ छ। दशैं तिहारको बेलामा बैंकिङ प्रणालीबाट बाहिरिएको ४२,४५ अर्ब रुपैयाँ मध्ये २५ अर्ब मात्रै प्रणालीमा फिर्ता आएको तथ्याङ्कले देखाएको र  यसले वास्तविक बिलमा कारोबार नभएको पुष्टि गरेको उनको जिकिर छ ।

उनीसँगको अन्तर्वार्ता बिजपाटी डटकममा छिट्टैप्रकाशन हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved