अन्तराष्ट्रिय मुद्रा कोषसँग नेपालले जनायो ६ बुँदे प्रतिवद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 01:18:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को टोली र नेपालका प्रतिनिधिबीच  एक्टेन्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तर्गतको नेपालसँग प्रतिबद्धता गरेको ऋणको किस्ताबारे समझदारी भएको छ । यस सँगै अब कोषको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले मुद्रा कोषबाट ५२ मिलियन डलर सहुलियत ऋण पाउने छ ।

जाक्कों तुरुनेन नेतृत्वको आइएमएफ आर्टिकल फोर मिसनले फेब्रुअरी १५ देखि २८ सम्म काठमाडौं भ्रमण गरेको थियो । यस क्रममा उक्त टोलीले प्रधानमन्त्री, अर्थमन्त्री,  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्र बैंकका उच्च अधिकारीहरु, नेपाल स्थित वैदेशिक विकास साझेदार, तथा नेपालका व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।

भ्रमणको अन्तिम दिन आइएमएफले ईसीएफको अर्को किस्ता प्राप्त गर्नको लागि नेपालले आफुले गर्नु पर्ने सबै कार्यहरु पुरा गर्ने प्रतिवद्दता जनाएको उल्लेख गरेको छ । 

यस्ता छन् नेपालले पुरा गर्नु पर्ने कार्य 

१. राजस्व संकलन वृद्धि गर्न राजस्व परिचालन रणनीति तर्जुमा गर्ने,

२. वित्तीय जोखिमको पहिचान गरि अनुगमन तथा जोखिम व्यवस्थापन प्रणाली विकास गर्ने, 

३. सरकारी खर्चको प्रभावकारिता र पारदर्शीता कायम गर्ने, 

४. बैंकिङ नियमन र सुपरिवेक्षणमा निरन्तर सुधार गर्ने, 

५. उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरू अनुरूप नेपाल राष्ट्र बैंकको ऐनलाई परिमार्जन गरी राष्ट्र बैंकको सुशासनलाई थप बलियो बनाउने।

६. एसिया/प्यासिफिक समूहद्वारा सम्पति सुद्धिकरणकालागि सिफारिस गरिएका विषयलाई कार्यान्वयन गर्ने, 


नेपालले अबलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रशंसा गर्दै त्यसले मुद्रास्फीति नियन्त्रणमा सहयोग पुर्याउने आईएमएफले उल्लेख गरेको छ । आइएमएफले ४.४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved