भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले खाना पकाउने ग्यास बाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेर आएको छ । त्यस्तै मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।
आईओसीले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँने गरेको छ ।