![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गरेका छन् । २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै गर्भनर अधिकारीले अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
‘४६ सालपछि खुला बजार अँगालेर ब्याजदर पनि बजारकै विषय भनेर छोडेका हौँ, अहिले राष्ट बैंकले नियन्त्रण गर्नुपर्ने माग छ, के हामी ४६ साल पछाडी जान खोजेका हौ ?’ काठमाडौँमा आयोजित अर्थशास्त्रीहरुको सम्मेलनमा उनले प्रश्न गर्दै भने, ‘यदि यहिँ हो, नियन्त्रण गर्नुपर्ने हो भने छलफल गरौँ, छलफलबाट निचोड नकालौँ ।’
गभर्नर अधिकारीले गर्ने ठाउँमा राष्ट बैंकले नियमन र कडाई गरिरहेको दाबी पनि गरेका छन् ।