अर्थमन्त्रीमा नियुक्त हुनासाथ डा. महतले शेखर गोल्छालाई फोन गरेर के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2023 | 03:00:34 PM मा प्रकाशित

laxmi sunrise bank

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई टेलिफोन गरेका छन् । निजी क्षेत्र ब्याजदर वृद्धि र राष्ट्र बैंकका नीतिहरु विरुद्द आन्दोलित अवस्थामै रहेका बेला अर्थ मन्त्रालयको नेतृत्व गर्न आइपुगेका डा. महतले अध्यक्ष गोल्छालाई फोन गरेर निजी क्षेत्रलाई विश्वासमा लिने रणनीति अख्तियार गरेका हुन् । 

‘अर्थमन्त्रीको रुपमा म आएँ, सरकारलाई तपाईहरुको साथ चाहिन्छ, निजी क्षेत्र र सरकार मिले मात्रै अघि बढ्न सकिन्छ, निजी क्षेत्र अर्थतन्त्रको पिल्लर हो, तपाई हामी मिलेर सहकार्य गरौँ भन्ने मेरो चाहना हो’ गोल्छालाई फोन गर्दै नवनियुक्त अर्थमन्त्री डा. महतले भनेका छन् । 

अर्थमन्त्रीले यसो भनेपछि महासंघका अध्यक्ष गोल्छाले पनि अहिले निजी क्षेत्रले विज्ञ अर्थमन्त्री चाहेको र निजी क्षेत्रको चाहना अनुसारकै अर्थमन्त्री मुलुकले पाएको भन्दै बधाई दिएका थिए ।

‘अहिलेको अवस्थामा निजी क्षेत्रले चाहे जस्तै अर्थमन्त्री पाएका छौँ, यो खुशीको कुरा हो, तपाईसँग निजी क्षेत्रले निकै आश गरेको छ, सहकार्य गर्न निजी क्षेत्र सधैँ तयार छ’ अध्यक्ष गोल्छाले अर्थमन्त्री डा. महतसँग भनेका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved