केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा के के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 06:51:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । राजस्व संकलनको विद्यमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा उपप्रधानमन्त्री एवम गृहमन्त्री र अर्थमन्त्री सहितको उपस्थितिमा आज अर्थ मन्त्रालयमा बैठक बसेको हो ।

बैठकमा राजस्व संकलनमा देखिएको चुनौती, राजस्व चुहावट नियन्त्रणका सम्वन्धमा भएका प्रयासको विषयमा समेत छलफल एवं समीक्षा गरिएको मन्त्रालयले जनाएको छ। बैठकमा अर्थ सचिव, सचिव (राजस्व), गृह सचिव, सुरक्षा निकायका प्रमुख, राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरु लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयको संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गरिने उल्लेख गर्दै स्वार्थरहित भई आ-आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए। उनले कर्मचारीहरुलाई कुनै राजनैतिक दबाब र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।

उक्त अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलनका हिसाबले अत्यन्तै चुनौतीपूर्ण घडीमा रहेको हुँदा सबैले आ-आफनो जिम्मेवारी अनुरुपको कार्य इमान्दारीतापूर्वक सम्पादन गर्दै राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक रुपमा अधिकतम् प्रयास केन्द्रित गर्न निर्देशन दिए । अर्थ मन्त्री महतले सो अवसरमा अर्थ मन्त्रालय र सुरक्षा निकाय विच प्रभावकारी समन्वय कायम गर्दै स्थानीय संयन्त्रलाई सक्रिय बनाई राजस्व परिचालनलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

यसका लागि राजनैतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध हुने प्रतिवद्धता व्यक्त गर्दै राजस्व चुहावट नियन्त्रणसंग सम्बन्धित सबै निकायलाई इमान्दारीका साथ आ-आफनो क्षमताको उच्चतम प्रयोग गर्न निर्देशन दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved