नेपालमा दर्ता भयो सामाजिक सञ्जाल ‘लिंक्ड–इन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 03:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी, व्यवसायी तथा सेलिब्रेटीका लागि उपयोगी मानिने सामाजिक सञ्जाल ‘लिंक्ड–इन’ नेपालमा दर्ता भएको छ । डिजिटल सेवा कर (डीएसटी) लागू भएपछि कर तिर्ने गरी माइक्रोसफ्ट अन्तर्गतको लिंक्ड–इन दर्ता भएको ठूला करदाता कार्यालयले जनाएको छ । 

डिजिटल सेवा कर ठूला करदाता कार्यालयमार्फत लागू भएको र यस्तो कर उठाउने पनि यहीँ कार्यालयले उठाउने भएकाले विदेशी प्रविधि कम्पनीहरु ठूला करदाता कार्यालयमा दर्ता हुने गर्दछन् । 

नेपालको कर प्रणालीमा दर्ता भएसँगै अब लिंक्ड–इनले नेपालमा गर्ने कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत डिजिटल सेवा कर तिर्नेछ ।  

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा २ प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि गत बैशाखमै विश्व प्रसिद्ध बहुराष्ट्रिय आईटी कम्पनी गुगल नेपालको कर प्रणालीमा दर्ता भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved