सुनमा लक्जरी कर नलगाइएको अर्थमन्त्रीको स्पष्टोक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2023 | 11:41:24 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री ड़ा प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाईएकोबारे स्पष्ट पारेका छन्। पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

व्यवसायीहरुले सोधेको जिज्ञासाको उत्तर दिँदै मन्त्री डा. महतले भने, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।’ 

‘ट्राभलमा भ्याट लगाएको छैन, एयरलाइन्सलाई लगाइएको हो । नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ । व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’ मन्त्री डा. महतले भने, ‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो । साप्टाको सम्झौताअनुसार ७ प्रतिशतभन्दा बढी कर लगाउन पाइँदैन । सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ । महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved