'जीडीपीको २३ प्रतिशत राजस्व उठाएर कर्मचारी पाल्ने देश नेपालबाहेक अर्को छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2023 | 03:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को २३ प्रतिशत कर उठाउने तर, त्यो पैसा विकास निर्माणमा खर्च नहुने परिपाटीले देश विकास नहुने बताएका छन् । निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष अग्रवालले नेपालमा हरेक वर्ष जीडीपीको २३ प्रतिशत राजस्व उठाइने तर, त्यो पैसा विकास निर्माणमा नभई तलब भत्तामै खर्च भएर सकिने गरेको प्रति दुःख व्यक्त गरे ।

‘जीडीपीको २३ प्रतिशत राजस्व उठाइन्छ, तर यो सबै पैसा चालु खर्चमै जान्छ, उठाइएको राजस्व भौतिक पूर्वाधार विकासमा खर्च हुँदैन, यस्तो तरिकाले देश समृद्ध बन्ने कुरा कल्पना गर्न सकिँदैन’ उनले भने, ‘छिमेकी देश भारतले जीडीपीको १३ प्रतिशत राजस्व उठ्छ, त्यो मध्ये ६ प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी हुन्छ । हामीकहाँ राजस्वबापत उठेको सबै पैसा कर्मचारीको तलबभत्तामा सकिन्छ ।’

उनले जीडीपीमा १० प्रतिशत योगदान दिएको निर्माण उद्योगको भूमीकालाई सम्मान गर्दै काम सम्पन्न भएर पनि निर्माण व्यवसायीहरुले पाउन नसकेको भूक्तानी तत्काल गरिदिन सरकारसँग माग पनि गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved