पुँजीबजारका केही विषयहरु सम्बोधन भएका छन्, सुधारको फिल गरिरहनु भएकै होलाः अर्थसचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 03:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आफू कुरा भन्दा पनि काम गर्नुपर्ने समयमा अर्थ सचिव भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको वार्षिक साधारणसभामा बोल्दै उनले अहिले कुराभन्दा पनि काम गर्नुपर्ने समय रहेकाले आफू र अर्थ मन्त्रालयको ध्यान त्यतातिर रहेको दाबी गरेका हुन् ।

उनले अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको माग अनुसार केही सुधारका काम गरिरहेको र त्यसको अनुभूति पनि हुन थालिसकेको बताए । 

‘पूँजीबजारका सम्बन्धमा केही कुराहरु सम्बोधन भएका छन्, तपाईहरुले पनि सुधारको फिल गरिरहेको हुनुपर्छ, बैंकिङमा पनि एलसी मार्जिनमा केही सुधारको सुरुवात भएको छ, घरजग्गा कारोबारमा पनि नियमावली संशोधन गर्नुपर्ने भएकाले त्यतातर्फ अघि बढेको छ’ उनले भने, ‘कतिपय विषयहरु तत्कालै गरिहालौँ भनेर पनि नहुँदो रहेछ, कतिपय कुरा संसदसँग सम्बन्धित हुन्छन्, कतिपय मन्त्रिपरिषदसँग सम्बन्धित हुन्छन्, कतिपय कुराहरु राष्ट्र बैंकसँग सम्बन्धित हुन्छन् । त्यसकारण सबै पक्षसँग आपसी सहकार्यबाटै काम गर्नुपर्ने हुन्छ, यसको सुरुवात भएको पनि छ ।’

अर्थसचिव पुष्करले निजी क्षेत्रको मनोबल बढाउने कसरतमा अर्थ मन्त्रालय रहेको भएपनि केही तत्वहरु उद्योगी व्यवसायीमाथि आक्रमण गर्ने र गालीगलौज गर्ने काममा सक्रिय रहेको पाइएकाले यस खालको निजी क्षेत्र विरोधी गतिविधि रोक्न अर्थ मन्त्रालयले अन्तर मन्त्रालय समन्वय गरेर काम गर्ने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved