
दुइ महिनामै ब्यापार घाटा २ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा भएको अन्तराष्ट्रिय ब्यापारमध्ये आयात २ खर्ब ५९ अर्ब ७४ करोडको छ भने निर्यात जम्मा २६ अर्ब ४४ करोडको मात्रै भएको छ ।
भन्सार विभागका अनुसार यो दुइ महिनामा भएको अन्तराष्ट्रिय कारोबारमा २ खर्ब ३३ अर्ब ३० करोड ब्यापार घाटा छ ।
आयात गत आर्थिक वर्षको दुइ महिनाको तुलनामा ५.०६ प्रतिशतले र निर्यात ७.७९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दुइ महिनाको तुलनामा ब्यापार घाटा ४.७४ प्रतिशतले घटेको हो ।