
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनामा ३४ अर्ब ३८ करोड ५ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आवको साउन र भदौमा १५ अर्ब ७४ करोड ८४ लाख रुपैयाँको पेट्रोल मात्रै आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी ११ अर्ब ३० करोड ५७ लाखको डिजेल र ७ अर्ब ३२ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको विभागले जनाएको छ । जसबाट सरकारले १३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार १ लाख ५१ हजार लिटर किलो लिटर पेट्रोल तथा १ लाख १२ हजार किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी ८ करोड ८२ लाख केजी ग्यास आयात भएको जनाएको छ ।