२ महिना मै ६ हजार लिटर नेल पोलिश र ३५ हजार किलो लिपिस्टिक आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 04:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्म नेपालले १ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको ६ हजार १ सय ८२ लिटर नेल पोलिश आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार कुल आयात मध्य ३ हजार २ सय ३२ लिटर चीनबाट आयात भएको छ । भारतबाट १ हजार ६ सय २ लिटर आयात भएको छ ।  साथै, कुल आयात मध्य ताइवानबाट ४ लिटर आयात भएको छ । टर्कीबाट १ हजार ३ सय ४४ लिटर आयात भएको छ ।  

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्त सम्म १५ करोड ८६ लाख ७ हजार रुपैँयाको ३ लाख ४१ हजार ९ सय ३३ लिटर नुहाउने स्याम्पु आयात भएको छ । विभागको तथ्याङ्क अनुसार भारत लगाएत २१ वटा देशहरुबाट उक्त स्याम्पु आयात भएको छ । सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरि, चालु आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्म ९ करोड २२ लाख ४१ हजार रुपैँयाको ३५ हजार २ सय ६४ केजी लिपस्टिक नेपालमा आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार चीन लगायत २० ओटा देशहरुबाट उक्त लिपस्टिक नेपालमा आयात भएको छ । सबैभन्दा धेरै लिपस्टिक चीनबाट नै आयात आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved