यी २२ देशसँग नेपालको वैदेशिक ब्यापार नाफामा, अमेरिका पहिलो नम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 06:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनामा २२ भन्दा धेरै देशहरुसँग नेपालको वैदेशिक ब्यापार नाफामा रहेको पाईएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउन र भदौमा अमेरिका, डेनमार्क, नेदरल्याण्ड सहित २२ भन्दा धेरै मुलुकसँग नेपालको वैदेशिक ब्यापार नाफामा रहेको छ ।

नेपालले सबैभन्दा धेरै ब्यापार नाफा गर्ने देशको सूचीको पहिलो नम्बरमा अमेरिका छ । अमेरिकासँग नेपालले कुल एक अर्ब १४ करोड १४ करोड रुपैयाँ ब्यापार नाफा गरेको छ । अमेरिकामा नेपालले कुल ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात गर्दा २ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात गरेको छ ।

अमेरिकामा नेपालले विशेषगरी गलैँचा, कुकुर र विरालोको खाना निर्यात गर्छ । पछिल्लो दुई महिनामा त्यहाँ १ अर्ब ५७ करोड २६ लाख रुपैयाँ बराबरको गलैँचा तथा गलैचाँजन्य बस्तुहरु निर्यात भएको छ । त्यसैगरी ४७ करोड ८९ लाख रुपैयाँ बराबरको कुकुर तथा बिरालोको खाना निर्यात भएको तथ्यांकमा उल्लेख छ । 

यसैगरी नेपालको धेरै ब्यापार नाफा भएको दोस्रो देश हो डेनमार्क । जहाँ नेपालको १६ करोड ४५ लाख रुपैयाँ ब्यापार नाफा भएको छ । डेनमार्कमा नेपालले कुल २२ करोड २२ लाख रुपैयाँ बराबर बस्तु तथा सेवा निर्यात गर्दा ५ करोड ७७ लाख रुपैयाँको आयात गरेको छ । 

डेनमार्कमा नेपालले मूख्यरुपमा कार्पेट निर्यात गर्ने गर्दछ । पछिल्लो २ महिनामा त्यहाँ १० करोड ७९ लाख रुपैयाँको कार्पेट तथा कार्पेटजन्य बस्तुहरु निर्यात भएको छ । त्यसैगरी ३ करोड २७ लाख रुपैयाँ बराबरको जर्सी, स्वेटर, ईस्टाकोट, कार्डिगन सहित कपडाहरु निनर्यात गरेको छ । 

यसैगरी नेदरल्याण्डसँग नेपालले ५ करोड ५७ लाख ब्यापार नाफा गरेको छ । जहाँ १९ करोड ९७ लाख रुपैयाँको निर्यात हुदाँ १४ करोड ४० लाख रुपैयाँ बराबरको आयात भएको छ । नेदरल्याण्डमा नेपालले ७ करोड ७५ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात गर्दा २ करोड ६५ लाख रुपैयाँ बराबरको सल, गल्बन्दी, पर्दा लगायत बनेका कपडाहरु निर्यात भएको छ । 

नेपालको ब्यापार नाफा रहेको चौथो मुलुक हो अष्ट्रिया । जहाँ ९ करोड १३ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात हुदाँ ४ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । अष्ट्रियासँग नेपालको ४ करोड ७९ लाख रुपैयाँ ब्यापार नाफा भएको छ । अष्ट्रियामा नेपालबाट एक करोड ९१ लाख रुपैयाँ बराबरको कटनको लेडिज टाउजर लगायतमा सामान निर्यात भएको छ । यस्तै सल, गल्बन्दी, पर्दा लगायत बनेका कपडाहरु एक करोड २७ लाख रुपैयाँको निर्यात भएको छ । 

यस्तै कम्बोडियासँग एक करोड ७८ लाख रुपैयाँ ब्यापार नाफा भएको छ । जहाँ २ करोड ९१ लाख रुपैयाँको निर्यात हुदाँ एक करोड १३ लाख रुपैयाँको आयात भएको छ । कम्बोडियामा २ करोड ८१ लाख रुपैयाँको यार्चागुम्बा निर्यात भएको छ । यस्तै अक्थर र औषधीका लागि उपयोग हुने बोट बिरुवाका र तिनका टुक्राहरु ९ लाख ८१ ह्जार रुपैयाँ बराबरको निर्यात भएको छ । 

ब्यापार नाफा धेरै हुने देशको छैटौँ नम्बरमा छ नर्वे । जहाँ १ करोड ७२ लाख रुपैयाँ ब्यापार नाफा भएको छ । नर्वेमा २ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात हुदाँ एक करोड १६ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । नर्वेमा सल, गल्बन्दी, पर्दा लगायत बनेका कपडाहरु एक करोड ३१ लाख रुपैयाँ बढीको निर्यात भएको छ । जर्सी, स्वेटर, ईस्टाकोट, कार्डिगन सहित कपडाहरु २६ लाखको निर्यात भएको छ । 

यसैगरी लतभियासँग ७० लाख रुपैयाँ, हंगेरीसँग ६२ लाख, आइसल्याण्डसँग ५८ लाख, अफगानिस्थानसँग ३९ लाख, स्लोभाकियासँग ३७ लाख तथा स्वीडेनसँग २९ लाख रुपैयाँ ब्यापार नाफा रहेको छ । यस्तै, सेचेलेसँग २१ लाख, जर्जियासँग १३ लाख, लेबननसँग ६ लाख, न्यू क्यालेडेनियासँग ५ लाख, माल्दिभ्ससँग ३ लाख, पानामासँग ३ लाख, कंगोसँग ४३ हजार, साइप्रससँग ३९ हजार तथा क्रोएसियासँग १३ हजार रुपैयाँ ब्यापार नाफा भएको विभागको तथ्यांकमा उल्लेख छ । यसका साथै अन्य विभिन्न राष्ट्रसँग एक लाख ६८ हजार रुपैयाँ ब्यापार नाफा रहेको छ । 

हेर्नुस् ब्यापार नाफा रहेका देशहरु: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved