४८ देशमा पुग्छ नेपालको कार्पेट, २ अर्बको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 07:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनामा करिब दुई अर्ब रुपैयाँको कार्पेट निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउन र भदौमा एक अर्ब ९५ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको हो । 

नेपालबाट विशेषगरी अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटली, भारत, स्वीट्जरलेण्ड, चाइना ४८ मुलुकमा कार्पेट निर्यात हुन्छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा निर्यात भएको छ । 

चालु आवको पहिलो दुई महिनामा अमेरिकामा एक अर्ब ११ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यसैगरी जर्मनीमा १९ करोड, बेलायतमा १२ करोड, फ्रान्समा ८ करोड, ईटलीमा ६ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । 

यसैगरी, भारतमा ५ करोड, स्वीट्जरलेण्डमा ५ करोड, चाइनामा ४ करोड, क्यानाडामा ४ करोड, बेल्जियममा ३ करोड, अस्ट्रेलियामा ३ करोड, रसियामा साँढे एक करोड रुपैयाँको कार्पेट निर्यात भएको विभागले जनाएको छ । 

यसका साथै लतभिया, अस्ट्रिया, यूएई, स्वीडेन, मेक्सिको, नेदरल्याण्ड, स्पेन, जापान, साउथ अफ्रिका, आईसल्याण्ड, न्यूजिल्याण्ड, कोरिया रिपब्लीक, थाईलेण्ड, सिंगापुर, टर्की, हङकङ, र ब्राजिलमा पनि नेपाली कार्पेट निर्यात हुने गरेको छ । त्यस्तै ओमन, लक्जेम्बर्ग, साउदी अरेबिया, डेनमार्क, साइप्रस, ताइवान, रोमोनिया, पोर्चुगल, चेस रिपब्लीक, फिनलेण्ड, ईस्टोनिया, आयरलेण्ड, लेबनन्, ग्याँटेमाला, पानामा, लिथुनिया, पोलेण्ड, भुटान लगायत देशमा कार्पेट निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved