नेपालले तिर्नुपर्ने ऋण २३ खर्ब नाघ्यो, एकजनाको भागमा ७९ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 05:26:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनामा आधा खर्ब सार्वजनिक ऋण थपिएको छ । चालु आवको पहिलो दुई महिना(साउन र भदौ) मा ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्स्थापन कार्यलयले जनाएको छ । 

दुई महिनामा ४४ अर्ब २६ करोड आन्तरिक र ४ अर्ब ९७ करोड ३२ लाख वाह्य ऋण थपिएको कार्यलयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण थपिएको हो ।  

यसरी थपिएको सहित हाल नेपालले तिर्नुपर्ने ऋण २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जनगणना २०७८ अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । सरसर्ती हेर्दा हाल एक व्यक्ति बराबर ७९ हजार २०२ रुपैयाँ ऋण हुन जान्छ । 

यस्तै पछिल्लो दुई महिनामा सरकारले ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण तिरेको पनि छ । जसमा आन्तरिक ३२ अर्ब ८३ करोड ३५ लाख र वाह्य ५ अर्ब ८८ करोड २६ लाख रुपैयाँ ऋण सरकारले भुक्तानी गरेको तथ्यांक छ । 

गत आवको  अन्त्य अर्थात असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । जसमध्ये ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख आन्तरिक र ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख वाह्य ऋण थियो । हाल (भदौ मसान्तसम्म) अन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख तथा वाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved