भारत र चीनबाट आयो सबैभन्दा धेरै वैदेशिक लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 06:16:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्ममा नेपालमा  २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको पाईएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा  आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक लगानी १६ प्रतिशतले बढेर २ खर्ब ६४ अर्ब ३३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५७.७ प्रतिशत रहेको छ । त्यसैगरी, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ । 

यसैगरी २०७९ को असार मसान्तसम्म ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै लगानी भारतको रहेको छ । भारतको ८८ अर्ब ५७ करोड लगानि हुदाँ चीनको ३३ अर्ब ४५ करोड रहेको छ । यसैगरी, आयरल्याण्ड र सिंगापुरको क्रमशः २० अर्ब ९० करोड र १६ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यसका साथै, सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । 

नेपालमा भित्रिएको वैदेशिक लगानीको सबैभन्दा ठुलो हिस्सा औद्योगिक क्षेत्रमा रहेको छ । दोस्रो ठुलो हिस्सा सेवा क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । औद्योगिक क्षेत्रमा  ६२.६ प्रतिशत लगानी आउँदा सेवामा ३७.३ प्रतिशत लगानी आएको छ । औद्योगिक क्षेत्रमाध्येपनि ३२.८ प्रतिशत जलविद्युत क्षेत्रमा र २९.५ प्रतिशत उत्पादन क्षेत्रमा रहेको छ । यसैगरी सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कुल वैदेशिक लगानीको २५.६ प्रतिशत रहेको जनाइएको छ । 

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरुको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको विभागले जनाएको छ । यस्तै, समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरुको नाफाको दर करिब १४.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved