३ महिनामा २ हजार १३५ वटा विद्युतीय गाडी आयात, ५ अर्ब रुपैयाँ बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 06:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा विद्युतीय गाडी खरिदका लागि ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बाहिरिएको छ । चालु आवको पहिलो त्रैमाससम्म २ हजार १३५ वटा विद्युतीय गाडी आयात भएको हो । जसका लागी उक्त रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो गाडी आयात गर्दा २ अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व थपिएको छ । 

यसरी नेपालमा विद्युतीय गाडीहरु चीन, भारत, जर्मनी, दक्षिण कोरिया र इन्डोनेसियाबाट आयात भएका हुन् । जसमध्ये सबैभन्द धेरै चीनबाट आयात भएका छन् । 

चीनबाट ५० किलोवाट सम्मका ५ वटा, ५१ देखी १०० किलोवाट सम्मका एक हजार ३५, १०१ देखी २०० किलोवाटका ८ र २०१ देखी ३०० किलोवाट सम्मका ३ वटा गरी एक हजार ५१ वटा गाडीहरु आयात भएको छ । त्यसैगरी, भारतबाट ५० किलोवाटसम्मका ९४२ र ५१ देखी १०० किलोवाटसम्मका १३१ गरी जम्मा एक हजार ३३ वटा विद्युतीय गाडी आयात भएका हुन् । 

यसैगरी, इन्डोनेसियाबाट ५० किलो वाटसम्मका ७ वटा विद्युतीय गाडी आयात भएको छ । यस्तै दक्षिण कोरिया र जर्मनीबाट १०१ देखी २०० किलोवाटसम्मका २/२ वटा विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाउँछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved