यी हुन् 'वोमेन ग्रोथ इक्विटी फण्ड'ले लगानी गरेको ३ उद्यम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 05:35:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालले संयुक्त रुपमा  ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ को घोषणा गरेका छन् । महिला उद्यमीहरुलाई लक्षित् गरेर यो फण्ड घोषणा गरिएको हो।  महिला उद्यमीलाई लक्षित् गरेर घोषणा गरिएको यो नै नेपालको पहिलो इक्विटी फण्ड हो । 

यस फण्डले महिला उद्यमीहरुलाई पुँजीमा पहुँच पुर्याउने, महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने र महिला उद्यमीको व्यवासय विस्तार तथा वृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यस फण्डको आकार ५० करोडको रहेको छ । यस फण्डले पुँजीमा पहुँच पुर्याउने अतिरिक्त महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गरि उनीहरुलाई आन्तरिक तथा बाह्य बजारमा समेत पहुँच पुर्याउने अपेक्षा गरिएको छ  । फण्डले प्रत्यक्ष र अप्रत्यक्ष गरि १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ  ।

नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड घोषणा भए लगत्तै फण्डले ३ वटा स्टार्टअप उद्यममा लगानी गरेको छ । 

राइनो- नेपाल लेदर क्राफ्ट

राइनो लेदर्सकी सञ्चालक एलीसा साह हुन् । राइनो लेदर्सले विशेषगरी छालाको ज्याकेट बनाउँछ । यसले प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, कि रिङ, पर्स, क्याप, पेटी, पन्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोललगायत पनि बनाउछ । यसको कारखाना र शोरूम मैतीदेवीमा छ । अर्को २ वटा स्वरुम शोरूम दरबारमार्ग र पाटनमा रहेका छन् ।

राइनो लेदर्स ब्रान्डका सामान अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत र केही युरोपेली देश निर्यात हुने एलिसा बताउँछिन् । उनका अनुसार शीर्ष प्रबन्धक पदहरूमा ६० प्रतिशत महिलाहरू छन् । र ४० प्रतिशत कामदार पनि महिला नै छन् । 

एन्जल फर्टीलिटी  क्लिनिक

यसको सञ्चालकहरुमा प्रिती विष्ट , डा. मिरा थापा र डा. रश्मि शिरिष हुन् । एन्जल क्लिनीकले महिला तथा पुरुषमा भएको बाझोपनको समस्याको समाधान दिनुका साथै आईभीएफ विधिबाट गर्भधारण  सेवा प्रदान गर्दै आएको छ । काठमाडौँको महाराजगञ्ज स्थित यो क्लिनीकको शीर्ष प्रबन्धक पदहरूमा १०० प्रतिशत नै महिलाहरु रहेका छन् । र क्लिनीकमा महिला कामदार ६० प्रतिशत रहेका छन् ।

ट्रान्क्विलिटी स्पा  

ट्रान्क्विलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरी  हुन् । ट्रान्क्विलिटी स्पाको मुख्य शाखा लाजिम्पाटमा रहको छ भने स्पाका काठमाडौँका ठुला ठुला होटलहरुमा आउटलेटहरु पनि छन् । कार्यकारी निर्देशक पुरीक अनुसार कम्पनीको शिर्ष प्रबन्धक पदहरूमा ३० प्रतिशत महिलाहरु रहेका छन् भने कम्पनीमा ७५ प्रतिशत जनशक्ति महिला छन् । 

यो पनि : महिला उद्यमी लक्षित ५० करोडको ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ घोषणा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved