९ महिनामा ११ खर्ब बढीको सामान आयात, १०५३ अर्ब पुग्यो नेपालको ब्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 11:36:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ९  महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २.८४ प्रतिशत आयात घटेको हो । गत आवको ९ महिनामा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ९ महिनामा निर्यात ३.६६ प्रतिशतले घटेको हो । चालु आवको ९ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब १८ अर्ब रुपैयाँको भएको थियो । 

यो अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो २.९२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड रहेको थियो ।

समग्रमा यो ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved