
चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब बढीको स्याउ आयात भएको छ । चालु आवको चैत मसान्तसम्म विभिन्न देशबाट ६ अर्ब १४ करोड ७९ लाख ८४ हजार रुपैयाँको स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ६ वटा देशबाट नेपालमा ६ करोड ८ लाख ७७ हजार ५८० केजी स्याउ भित्रिएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट भित्रिएको छ ।
पछिल्लो ९ महिनामा चीनबाट ४ करोड ९९ लाख २० हजार ९०२ केजी स्याउ भित्रिदाँ भारतबाट १ करोड ८ लाख ७४ हजार ६२१ केजी स्याउ आयात भएको तथ्यांकले देखाउँछ । त्यसैगरी, न्यूजिल्याण्डबाट २० हजार ५८०, टर्कीबाट २० हजार ८८०, अमेरिकाबाट ४० हजार ५७२ केजी र थाईल्याण्डबाट २५ केजी स्याउ आयात भएको छ ।
उक्त मात्रमा स्याउ आयात हुँदा १ करोड ५८ लाख रुपैयाँ राजस्व थपिएको छ ।