एसइईको नतिजा सार्वजनिक, यी १९ तरिकाबाट हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 03:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ। आज दिउँसो नतिजा सर्वजनिक गरिएको हो ।  बोर्डले केहिबेरमा यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ ।

 २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो। विसं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । 

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

नतिजा हेर्न १९ तरिका 

विभिन्न १९ तरिकाबाट माध्यमिक शिक्षा परीक्षा २०७९ को नतिजा हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले  नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभीआर गरि १९ तरिकाबाट हेर्न सकिने जनाएको हो ।

कार्यालयले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण सार्वजनिक गर्न १४ वेबसाइटलाई स्वीकृति दिएको हो । त्यस्तै ४ कम्पनीले एसएमएस मार्फत र नेपाल टेलिकमले भने एसएमएस तथा आईभीआर दुवै मार्फत नतिजा उपलब्ध गराउने छ।

हेर्नुस् नतिजा उपलब्ध गराउन स्वीकृति गरिएका कम्पनी र वेबसाइटको विवरण ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved