कन्सल्टेन्सीको नेता छान्न इक्यानमा लाग्यो चुनाव, पुर्वअध्यक्ष पाण्डे सहित तीन उपाध्यक्ष मैदानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 10:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन्  ।

इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै भनेका छन्,"तपाईंको भोट अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले ईक्यान कसरी विकास गर्छ र हामी कहाँ जान्छौं भन्ने निर्णय गर्नेछ।"

उनले आफू अध्यक्ष बनेपछि इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने उल्लेख गरेका छन् ।आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले भनेका छन्,"समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।"

केही दिनमा नै इक्यानलाई थप बलियो र सशक्त बनाउने गरि घोषणापत्र सार्वजनिक गर्ने र बृहत् छलफल गर्ने उनको उद्घोष छ  । पाण्डे अघिल्लो कार्यकालमा संघको अध्यक्ष थिए । हाल भने प्रकाश पाण्डे संघको अध्यक्ष छन् । निवर्तमान अध्यक्ष पाण्डेले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

आगामी असार ३० मा चयन हुन लागेको इक्यानको नयाँ नेतृत्त्वका लागि पाण्डे सहित अन्य तीन जना प्रतिस्पर्धामा उत्रिने सम्भावना बढेको छ। अध्यक्षका लागि पुर्वअध्यक्ष पाण्डे सहित बहालवाला तीन उपाध्यक्ष देवी दास भट्टराई, शेष राज भट्टराई र कृष्णहरि केसी ले पनि इच्छा जनाएको स्रोतले जनाएको छ। 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved