इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 08:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । अर्बिट इन्टरनेसनल एजुकेसनका सीइओ रहेका भट्टराईले पूर्व अध्यक्ष विष्णुहरि पाण्डेलाई हराएका हुने । 

भट्टराई र पाण्डेबीच प्यानलनै बनाएर प्रतिस्पर्धा भएकोमा पाण्डे समूहबाट २ उपाध्यक्ष मात्रै निर्वाचित भए । लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री पाण्डे समूहबाट निर्वाचित हुँदा अन्य सबै पदमा भट्टराई समूहले वर्चश्व कायम गरेको छ । 

भट्टराई पक्षबाट उपाध्यक्षमा दीपकराज भुषाल, महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई निर्वाचित भएका छन् । कोषाध्यक्षमा आशिष कार्की र सह–कोषाध्यक्षमा विकल्पराज पौडेल निर्वाचित भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved