
आन्दोलनरत शिक्षक र नेपाल सरकारबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा आज बिहिबार बिहान वार्तासुरु भएको हो ।
वार्तामा नेपाल सरकारकोको तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सहभागी छन् । शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
यस अघि शिक्षा मन्त्रालयले वार्ताको लागि आह्वान गरेकोमा शिक्षकहरुले वार्ता अस्विकार गरेर आन्दोलनमा होमिएका थिए । आज भने उनीहरु उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तामा बसेका हुन् ।
सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।