नेपालीहरु विदेश पढ्न जाँदा २ महिना मै बाहिरियो २३ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 04:24:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला वर्षहरुमा नेपालीहरु अध्ययनका लागि विदेशिनेको संख्या बढिरहेको छ । यसरी विद्यार्थीहरु विदेशिने क्रमसँगै नेपाली रुपैयाँ पनि बाहिरिने क्रम ह्वात्तै बढेको छ । 

चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो दुई महिनामा यसरी नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँद २३ अर्ब ३३ करोड रुपैयाँ वाहिरिएको छ । जसमध्ये १२ अर्ब ५८ करोड रुपैयाँ भदौ महिनामा मात्र बाहिरिएको छ । गएको चालु आवको साउन र भदौमा १२ अर्ब ७६ करोड थियो । जसको दोब्बर अहिले बाहिरिएको नेपाल राष्ट्र बैंकले जारि गरेको तथ्यांका उल्लेख छ । 

शिक्षासँगै नेपालीहरु विदश भमण गर्दा बाहिरिने रकम उल्लेख्य रुपमा बढेको छ । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण खर्च ७६.५ प्रतिशतले वृद्धि भई रु.३५ अर्ब ६० करोड पुगेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२० अर्ब १६ करोड रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved