अर्विटले शुरु गर्यो एक शिक्षक एक विद्यार्थी शिक्षा कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 08:13:05 AM मा प्रकाशित

काठमाडौं – पुतली सडक स्थित अर्विट मेडिकल इन्ट्रान्सले एमबिबिएस र बिडीएसका बिद्यार्थीलाई लक्षित गर्दै एक शिक्षक एक विद्यार्थी कक्षा शुरु  गरेको छ । आफुलाई अप्ठ्यारो परेको कुनै विषयमा विद्यार्थीले सोध्न सक्ने व्यवस्था अर्विटले गरेको छ। 

बिषेशगरी कमजोर विद्यार्थी लक्षित यो कोर्ष पढेर काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षा पास हुन सजिलो हुने अर्विटले जनाएको छ । विगत आठ वर्ष पुरानो यस संस्था काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षाकालागी चर्चित छ । 

हालसम्म यस संस्थाबाट तयारी गरेका १ हजार बढी विद्यार्थी चिकित्सक भइसकेको बताइएको छ । यहीबाट तयारी गरेका करिब ४ सय विद्यार्थीले विदेशबाट चिकित्साशास्त्रको अध्ययन गरीसकेको अर्बिटले जनाएको छ। यो संस्था विदेशी विद्यार्थी ल्याउने नेपालको एउटा अग्रणी निकाय रहेको संस्थाको दाबि छ। अर्बिट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीहरुबिच पनि उत्तिकै प्रख्यात छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved