शेयर लगानीकर्ताका चर्चित अनुहार: को कहाँ उठ्दै छन् चुनाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 10:53:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर ४ मा प्रतिनिधिसभा त्तहा प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कुनै पनि दलमा आवद्द नभएर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर पनि उतिक्कै छ ।

शेयर बजारमा सक्रिय रुपमा रहेका केहि लगानीकर्ता पनि आगामी निर्वाचनमा उम्मेदवारको रुपमा देखिने भएका छन् । केहि समय अगाडी नो भोट अभियान चलाएका कतिपय लगानीकर्ताहरु अहिले आफै उम्मेदवार बनेका छन् ।

शेयरबजारमा सक्रिय रहेका लगानीकर्ता मध्ये सबै भन्दा पहिले हरि ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पुँजीबजारको सुधारको लागि भनिएको आन्दोलनको क्रममा अनसन बसेका उनी चितवनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् । उनले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् । हाल यो क्षेत्रबाट एमालेका सांसद सुरेन्द्र पाण्डे सांसद छन् । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा दावी गरेका छन् ।

त्यस्तै अर्का शेयर लगानीकर्ता रोहन कार्की काठमाडौँ २ बाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन् । उनले लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । इन्जिनियर तथा व्यवसायी रहेका उनले आफुलाई पुँजीबजारका अभियन्ता, पूर्वाधार त्तहा पुनर्निमाण विज्ञको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल नेकपा एसका माधव कुमार नेपाल सांसद छन् । यद्यपि नेपालले यस पटक यो क्षेत्रमा चुनाव नलड्ने पक्का जस्तै छ । 

त्यस्तै नयन (नयन्द्र) बास्तोलाले भक्तपुर १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।  उनले पनि लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले सामाजिक संजालमा आफु १० वटा कारणले उम्मेदवार भएको उल्लेख गरेका छन्  ।  यस क्षेत्रबाट हाल नेमकिपाका प्रेम सुवाल सांसद छन्  । 

शेयर लगानीकर्ता बिनोद बजगाई प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका छन्  ।  उनले पनि लौरो अभियानबाट काठमाडौँ २ (क) बाट प्रदेशसभामा उम्मेदवारी घोषणा गरेका हुन्।  उनले आफुलाई पुँजीबजारका अभियन्ता , समाजसेवी तथा युवा व्यववसायीको रुपमा चिनाउने गरेका छन्  । यस क्षेत्रबाट हाल एमालेका सानु कुमार श्रेष्ठ सांसद छन् । उनी बाग्मती प्रदेश सभाका सभामुख हुन् ।

यी बाहेक  शेयर लगानीकर्ता एकता समितिका संयोजक तिलक कोइरालाले पनि उम्मेदवारी दिने चर्चा छ । यद्यपि उनले यो समाचार तयार पार्दासम्म भने उम्मेदवारी घोषणा गरेका छैनन् ।

त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने चर्चा चलेपनि उनी आफैले भने सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेकी छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved