कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 09:08:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले आफ्ना पार्टीका बागी उम्मेदवारहरुलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको हो ।

कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका आधिकारिक उम्मेदवार, सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारलाई पार्टी विधानबमोजिम कारवाही गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधानअनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरिएको जानकारी गराएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved