मतदानको समय सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 05:56:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान भएको छ । मतदानका लागि तोकिएको समय सकिएको छ । 

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । देशका अधिकांश स्थानमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म पनि मतदान गर्न पाउनेछन् । केही मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पनि अबेर गरी सुरु भएको छ । 

दोलखा, बाजुरा, सिरहा, नवलपरासी, स्यांजा, बागलुङ पूर्व लगायतका स्थानमा मतदान रोकिएको थियो । केही केन्द्रमा मतदान सुचारु भएको छ भने केहीमा बाँकी छ । 

मतदान सकिएका स्थानबाट मतपेटिका संकलनको काम भइरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज रातीबाटै मतगणना सुरु गर्ने जानकारी दिएका छन् ।

दुर्गम हिमाली क्षेत्रमा भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारबाट मात्रै मतगणना गरिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved