धनराजका कार्यकर्ताले स्याङ्जामा बुथ कब्जा गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 09:12:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता  गठबन्धनले स्याङ्जा क्षेत्र नं २ का चार बुथमा धाँधली गरेको भन्दै गठबन्धन इतरका दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा वालिङमा उजुरी दिएका छन् ।

काँग्रेस उपसभापति धनराज गुरूङलाई जिताउनैका लागि बुथ कब्जा हुनु लज्जास्पद रहेको एमाले जिल्ला सचिव राजेन्द्र डुम्रेले बताएका छन् । प्रशासन र कर्मचारीको मिलोमतोमा बुथ कब्जा भएको गठबन्धन इतरका दलको दाबी छ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । 

अनाधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकालिएको उजुरीमा जनाइएको छ । 

जिल्लामा करिब ६० प्रतिशत मात्रै मतदान भएकोमा बुथ कब्जा एवं  धाँधली भएका ठाउँमा  बुथमा ९० प्रतिशत भन्दा बढी मतदान भएको निवेदनमा उल्लेख छ।  निवेदनमा राम मन्दिर बुथ  ९८.०९ प्रतिशत, दिसिङ्कोट बुथमा ९५.० प्रतिशत, दिनदयालु बुथमा ९८.०८ प्रतिशत, चिट्ठी पोखरी बुथमा ९०.०१ प्रतिशत मत खसेको छ।

 गठबन्धन इतरका दल र  स्वतन्त्र उम्मेदवारहरूले ति बुथमा पुनः मतदानको माग गर्दै संयुक्त निवेदन दर्ता गरेका हुन्।

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्मा पौडेलले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । तर, मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावलीले आफूलाई उजुरीको विषयमा जानकारी भएपनि विस्तृतमा जानकारी नभएको र क्षेत्र नं १ मा सर्वदलीय बैठकको तयारी भइरहेको बताएका छन् । 

स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ, नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल, स्वतन्त्रका डा. सागर ढकाल लगायत उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

बुथ कब्जाको विषयलाई लिएर आज बिहान ११ बजे वालिङमा नेकपा एमालेका र अन्य उम्मेदवारले पत्रकार सम्मेलन गर्ने भएका छ्न्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved