डडेल्धुरा सदरमुकाममा अझै आइपुगेन मतपेटिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 09:36:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतगणना अझै सुरु हुन सकेको छैन।

यहाँको सडकको दुरवस्थाका कारण अझै पनि मतपेटिका जिल्ला सदरमुकाम पुर्‍याउन नसकिएको हो। डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार परशुराम नगरपालिकाका मतपेटिका आउन बाँकी छ।

‘परशुराम नगरपालिकाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म आउन बाँकी छन्’, उनले भने, ‘आइपुगेका मतमेटिकालाई भण्डारण गरिसकेका छौँ। सबै मतमेटिका आएपछि मात्रै गन्न सुरु हुनेछ। आज बिहान १० बजेसम्म बाँकी मतपेटिका आइपुग्ने अनुमान छ।’  सडक खराब र गाडी बिग्रेकाले मतपेटिकाहरू सदरमुकाम पुग्न ढिलो भएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए। 

उनका अनुसार प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेलधुरामा ५६।६४ प्रतिशत मत खसेको छ। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए। प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।

प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।

यसैगरी प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी, नवराज जोशीलगायत छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved