‘गठबन्धनलाई भोट हाल्दिन’ भनेका विष्ट मृत फेला

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 21, 2022 | 11:30:06 AM मा प्रकाशित

laxmi  sunrise bank

दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खलंगा बजारबाट मतहाल्न ब्याँस गाँउपालिका वडा नम्बर ४ सुनसेरा गएका एक पुरुष मृत भेटिएका हुन् । 

प्रहरीका अनुसार मृत फेला पर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन्। प्रहरीले मृत फेला परेको भनेर भनेपनि उनको हत्या गरिएको मृतकका परिवारको दाबी छ। 

विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको उनका आफन्तले बताए। मृतकका आफन्त मोहनसिंह विष्टका अनुसार भोट हाल्नका लागि एकदिन अघि नै गाँउ (व्यास) पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातिदेखि खोजी गरेको बताए।

‘काका मत हाल्नकै लागि गाँउ आएका थिए' विष्टले भने, ‘मतदानको अधिल्लो दिन गठबन्धनका मान्छेसंग विवाद भएको सुनियो, ‘उनले दाबी गर्दै भने, ‘गठबन्धनलाई वा एमालेलाई मत दिने विषयमा विवाद भएको रहेछ, उक्त समूहले नै हत्या गरेर फालेको हुनुपर्छ ।’

मृतक विष्टका परिवारले मत दिने नदिने विषयमा हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन्। यस्तै ब्याँस गाँउपालिकाका एमाले नेताहरुले पनि नरेन्द्रको हत्या भएको भन्दै हत्यारालाई कानुनी दायरमा नल्याउँदासम्म शव नबुझ्ने अडान लिएका छन्। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। घटना शंकास्पद (हत्याको जस्तो प्रकृति) भएको प्रहरीको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved