प्रतिनिधिसभाको पहिलो मतपरिणामः मुस्ताङमा काँग्रेसका उम्मेदवार विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 11:44:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका हुन् । 

२९ वर्षीय थकालीले एमालेका निवर्तमान सांसद ६० वर्षीया प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेर विजयी हुँदा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।

निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याए ।

मुस्ताङमा मतदाता १० हजार ९५७ रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved