मलेसियाको रोजगारी खुल्यो, कलिङ भिषा आएकालाई पहिलो अवसर

भावना लामा

भावना लामा

Mar 31, 2019 | 06:31:55 PM मा प्रकाशित

दश महिनादेखि रोकिएको मलेसियाको रोजगारी सोमबारदेखि (चैत १८) खुल्ने भएको छ। पहिलो चरणमा कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिन लागेको जनाइएको छ।

बैदेशिक रोजगार व्यवसायी संघको संघको सहजीकरणमा बैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया शुरु गर्नेगरि पत्र प्राप्त भएको संघका महासचिव नरेश गेलानले बिजपाटीलाई बताए। प्रकृया पुगेकाहरुले संघको सहजीकरणमा विभाग मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको गेलानको भनाई छ। 

गेलानकाअनुसार प्रक्रिया नपुगेकाहरुले संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसियाबीच भएको कामदार आदान प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना विपरीत नहुनेगरी आवश्यक प्रक्रिया शुरु गर्न सकिनेछ। प्राथमिकतामा कसलाई राख्ने भन्ने भन्दापनि कलिङ भिषा आइसकेकाहरुलाई बढी महत्त्व पाउने गेलानले बताए। 

कलिङ भिषा प्राप्त गर्ने कामदार करिब दश हजारभन्दा बढी रहेपनि बिभिन्न कारणले अहिले भने यो संख्या करिव ७ हजारको हाराहारीमा रहेको अनुमान गरिएको महासचिव गेलानले जानकारी दिए।

यता बैदेशिक रोजगार बिभागका एक अधिकारिले मलेसियाको रोजगारी खुलेपनि त्यसबारे औपचारिक जानकारी बाहिर नआएकाले आफ्नो नाम नलेख्न आग्रह गर्दै सोमबारदेखि मलेसियाको रोजगारी सुचारु हुने बताए।  

यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कलिङ भिषा आएकाहरुको लागि श्रम स्वीकृति दिन तयार भएको भन्दै आवश्यक सहजीकरण गरिदिन व्यवसायी संघलाई आग्रह गरेका थिए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved