
दक्षिण कोरियाले आफ्नो देशमा रोजगारीमा रहेका विभिन्न देशका नागरिकका कामदारको भिषा अवधि ५० दिन थप गर्ने भएको छ । रोजगारीका लागि इपिएस प्रणालीमार्फत दषिण कोरिया पुगेका कामदारलाई अप्रिल १४ देखि लागू हुने गरी ५० दिन भिसा थप्ने निर्णय गरेको हो ।
भिसा अवधि सकिएर पनि कोरोना भाइरसको माहामारीका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप गर्ने निर्णय भएको दक्षिण कोरिया सरकारले जनाएको छ ।
इपिएस प्रणालीमार्फत कोरियामा ४ वर्ष १० महिना मात्र बस्न पाउने नियम छ ।