बेरोजगार हुनुहुन्छ ? अब अनलाईनबाटै यसरी खोज्नुहोस् काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 08:14:39 PM मा प्रकाशित

nepal oil ltd

रोजगारीको खोजिमा रहेकाहरुका लागि सहजै काम दिलाउन ‘हायर मी नेपाल’ कार्यक्रम सुरु भएको छ । महंगोमा विज्ञापन गर्दा पनि आवश्यक जनशक्ति नपाउने र दक्ष जनशक्ति रोजगारबिहिन हुनुपर्ने अवस्थाबाट मुक्त हुन नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले हायर मी नेपाल कार्यक्रम सुरु गरेको हो ।

कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले कार्यक्रम संचालनको घोषणा गरे । कोरोना संक्रमण र लामो समयको लकडाउनको कारण लाखौँ लाख मानिस बेरोजगार भइरहेकोकाले उनीहरुलाई रोजगारमै रहने वातावरण मिलाउन यो कार्यक्रम सुरु गरिएको नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले जनाएको छ । उद्योग व्यवसाय बन्द भएका कारण तथा विदेशबाट बेरोजगार भई फर्केका समेत गरी  न्यूनतम पच्चीस लाख मानिसलाई रोजगारी दिनु पर्ने चुनौती आइपरेको बेलामा सरकारलाई सहयोग गर्न यो कार्यक्रमको थालनी गरिएको अध्यक्ष भट्टराईले बताए । 

सरकारले आ.व. २०७७/७८ मा स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गर्ने र सो कार्यलाई सहजीकरण गर्न ल्याएको ‘श्रम सूचना बैंक’ को अवधारणामा काम गर्ने गरी नीजि स्तरबाट हायर मी नेपाल प्रारम्भ गरिएको हो । हायर मी नेपाल डट कम साईटले रोजगारदाता कम्पनी, उद्योग, संस्था तथा रोजगार हुन चाहने जो सुकैले आफुलाई छुट्टै पासवर्ड लिएर रजिष्टर्ड गराउन सक्ने छन् । चाहिएको जनशक्ति खोज्ने, सम्पर्क गर्ने, च्याटको माध्यमले अन्तर्वार्ता गरी नियुक्ति लिन दिन समेत सकिने गरी सफ्टवेयर  बनाईएको छ ।

यो साईट अहिलेलाई पूर्णत निशुल्क हुनेछ । साइटको मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याउने तयारी भईरहेको बताईएको छ । दुई वर्ष भित्र पाच लाख संस्था र व्यक्तिलाई यो साईटमा रजिष्टर्ड गराई न्यूनतम पचास हजार लाई रोजगारी दिलाउने कार्यक्रमको लक्ष्य छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved