
सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको छ । बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाले १५ बुंदे माग राखेर जारी गरेको विज्ञप्तीको सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रका कर्मचारीबाट आन्दोलन सुरु भएको हो ।
यस्तै कोष विरुद्ध आज नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकका कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन् । कालो व्यानरमा मागहरु बनाएर विरोधको कर्मक्रमहरु सुरु गरिएको एनसिसि बैंकको कर्मचारी युनियनका अध्यक्ष लक्ष्मण कार्कीले बताए ।
उनले भने, ‘कोषमा आवद्ध हुँदा अहिले कर्मचारीले खाईपाई आएको सुविधा केही पनि नपाउने देखिन्छ । अहिले हामीले जागिर छोड्दा पाउने एकमुष्ट रकम अन्य बैंकमा राख्दा पाउने ब्याज जति पनि कोषले नदिने देखिएकोले हाम्रो आपति हो ।’
याे पनि ः सामाजिक सुरक्षा कोष विरुद्द बैंक वित्तीय संस्थाका कर्मचारीद्वारा देशब्यापी आन्दोलन सुरु
ः सामाजिक सुरक्षा कोषको भ्रमपूर्ण विज्ञप्ति: लेख्नेलाई भन्दा पढ्नेलाई लाज !
जबसम्म यो कुरा संसोधन गरेर ल्याइदैन तबसम्म जस्तै किसिमको लडाइ लड्नु परे पनि पछि नहट्ने उनले बताए ।
‘चाहे छातीमा गोली खानै परेपनि यसमा हामी लागिपरेर नै छोड्छौँ । कुनै पनि हालतमा हामी यो लागू हुन दिदैनौँ’ उनले थपे ।
कोषले भर्खरै जारी गरेको प्रेष विज्ञप्तिमा भनिएका कुराहरु कोषको ऐनसगँ नै नमिल्ने देखिएको भन्दै ऐनमा नै नभएको कुरा कोषले भन्न नमिल्ने उनले बताए ।
उनले भने ‘हाम्रो माग कर्यविधिमा नभएर ऐनमा नै व्यवस्था गर्नुपर्यो । त्यस कारण हाम्रो माग ऐनमा नै स्पष्ट नभइकन हामी छाड्ने वाला छैनौँ ।’
याे पनि ः यो उदाहरण हेर्नुस्, किन सामाजिक सुरक्षा कोषमा जान भन्दा जागिर छाड्न तयार छन् बैंकका कर्मचारी ?
ः आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?
सरकारले जुन ठाउँमा यस्तो कार्यक्रम लागू गर्नु पर्थ्याे त्यसमा केही पनि नगरेको र हामीलाई आफ्नो संस्थाले दिएको सुविधामा नै खुशी छौँ भन्दा भन्दै जबरजस्ति गरिएकाले यस्तो विरोध सुरु गरिएको उनको भनाइ छ ।
त्यस्तै मेगा बैंक, बैंक अफ काठमान्डू, नेपाल बंगलादेश बैंक, डिप्रोक्स लघुवित्त वित्तीय सँस्था, माछापुच्छ्रे बैंकका कर्मचारीहरुले समेत विरोधको कार्यक्रम सुरु गरी सकेका छन् ।