
सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सर्वोच्च अदालत गएका छन् । कर्मचारीहरुले आफ्नो माग सम्बोधन नभएकाले अदालतको प्रकृयामा गएका हुन् ।
कर्मचारीहरुको मागलाई कोषले वेवास्ता गरेको कारण अदालतमा जान लागेको माछापुच्छ्रे बैंकको कर्मचारी यूनियन अध्यक्ष तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकास श्रेष्ठले विजपाटीलाई बताए ।
उनले भने ‘हाम्रो मागहरुलाई कोषले वेवास्ता गरेको र हामी कर्मचारीहरुको हकहितको लागि अदालत जान लागेका हाैँ।’
बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाले राखेको १५ बुंदे माग बारेमा सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको थियाे । सामाजिक सुरक्षा कोषको बिध्यमन ऐन, नियमावली, कार्यविधिमा भएका व्यवस्था, योजना र सर्तअनुसार आबद्द हुँदा बैंक, बित्त तथा बीमा कम्पनीका विगत ३० बर्षदेखि काम गर्दै आएका कर्मचारीहरु अहिलेसम्म पाउदै आएको सेवा सुविधाबाट बन्चित हुने भएकाले बिध्यमान व्यवस्था संसोधन गरिनु पर्ने उनीहरूकाे माग छ ।