सामाजिक सुरक्षा कोष बिरुद्द बैंकर्स क्लब पनि आन्दोलनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 10:19:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोष बिरुद्द बैंक बित्त तथा बीमा कम्पनीको जारी आन्दोलनमा बैंकर्स क्लब पनि सामेल भएको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकर्स क्लबमा आबद्द कर्मचारीहरुले सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनमा ऐक्यबद्दता जनाएका हुन्। 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफुहरुको असहमति किन भन्ने प्रश्नको जवाफ सहितको ब्यानर अगाडी राखेर बैंकर्स क्लब कंचनपुर महेन्द्रनगरले आन्दोलनको कार्यक्रम गरेको हो।

बैंक बित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले अगाडी सारेका १५ बुंदे मागको सम्बोधन नभएसम्म कुनै पनि हालतमा सामाजिक सुरक्षा कोषमा सामेल हुन नसकिने बैंकर्स क्लबका अध्यक्ष तथा ज्योति विकास बैंक महेन्द्रनगर शाखा प्रमुख लक्ष्मण चोख्यालले बिजपाटीलाई बताए। 

उक्त आन्दोलनको कार्यक्रममा प्रभु बैंक र नेपाल एसबिआई बैंकका कर्मचारीहरुले पनि आफ्नो बैंकको ब्यानरमा उपस्थिती जनाएका छन्।  कोष बिरुद्दको उक्त आन्दोलनमा कंचनपुर महेन्द्रनगर अवस्थित बैंक वित्तीय सँस्थाका कर्मचारीहरु सहभागी भएका थिए। 'बैंकर्स क्लब कंचनपुर महेन्द्रनगर' कंचनपुर महेन्द्रनगर अवस्थित बैंक वित्तीय सँस्थाका कर्मचारीहरुको सँस्था हो।

२०७८ साउन १ देखि सामाजिक सुरक्षा कोषमा जान अनिवार्य गरिएको तर आफुहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै पछिल्लो समय बैंक बित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले देशब्यापी रुपमा आन्दोलन थालेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved