राजदूतले माधब नेपाललाई साक्षी राखेर आफैँले म्यानपावर धन्दा चलाउन खोजेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 10:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले म्यानपावर धन्दा चलाउन खोजेको भन्दै आपत्ति जनाएको छ । पूर्व प्रधानमन्त्री माधब कुमार नेपाललाई लगेर त्यहाँका मन्त्रीलाई भेटाएर मलेसियाको रोजगारीमा सिन्डिकेट कायम गराउन खोजेको भन्दै संघले आपत्ति जनाएको हो । 

दूतावासबाट माग पत्र प्रमाणीकरणमा ढिलाई गरी र मलेसिया जाने श्रमिकलाई थप आर्थिक भार पर्ने गरी राजदूत आफैँले म्यानपावर धन्दा चलाउन खोजेको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र यसका लागि राजदूत पौडेलले पूर्व प्रधानमन्त्री माधब कुमार नेपाललाई प्रयोग गरेको भन्दै यो गम्भीर आपत्तिको विषय भएको संघका महासचिव मेघनाथ भुर्तेलले बिजपाटीलाई बताए ।

‘हामीले शंकास्पद लागेपछि विज्ञप्ति निकालेका छौँ, अब आज भोलीमै श्रम रोजगार मन्त्रालयमा डेलिगेशन पनि जान्छौँ’ उनले भने, ‘नेपालमा मलेसियाको एउटा कम्पनी खडा गरेर त्यो कम्पनीबाट मात्रै मलेसिया जान पाउने गरी नेपाली राजदूतले नै त्यहाँको गृह मन्त्रालयलाई प्रस्ताव गरेको र यसको साक्षी पूर्व प्रधानमन्त्री जस्तो मान्छे बस्न गएको विषय कूटनीतिक मर्यादा विपरीत हो भन्ने हाम्रो ठहर हो ।

संघले विज्ञप्तिमा यो कुरा उल्लेख गरेको छ ।

मलेसिया नेपालीहरुको प्रमुख रोजगार गन्तव्य हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved