४ महिनामा २ लाख बढीले लिए श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 10:26:13 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिना (साउन देखि कार्तिक मसान्तसम्म) २ लाख बढीले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरिया जाने कामदारको समेत जोडेर यो चार महिनामा २ लाख ६ हजार ३१६ जनाले श्रम स्विकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार व्यक्तिगत रुपमा २७ हजार ७८९ जनाले, संस्थागत रुपमा १ लाख ५ हजार ८८८ जना र कोरिया जाने ३ हजार ७९८ जना र पुनः स्वीकृति लिने ६८ हजार ८४१ गरी कुल २ लाख ६ हजार  ३१६ जनाले श्रम स्वीकृति पाएका हुन् । यसमध्य ४३ हजार ६२२ जनाले चालु आवको कार्तिक महिनामा श्रम स्वीकृति लिएका हुन् । यस्तै १ लाख ६२ हजार ६९४ जनाले साउन, भदौ र असोजमा स्विकृती लिएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसरी वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने महिलाको संख्यापनि उल्लेखनिय रहेको छ । यो चार महिना(साउन देखि कार्तिक मसान्तसम्म)मा २६ हजार महिलाले श्रम स्वीकृति लिएका हुन् । जसमध्ये ५ हजार ३०५ जनाले यो कार्तिक महिनामा उनीहरुले स्विकृति लिएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved